उनीहरुको विवाहलाई प्रेम विवाह भनिएको छ, सञ्चिताले निखिलकै नाममा सिन्दुर र मंगलसुत्र लगाउने गरेकी छन् तर निखिलले यो कुरालाई अहिलेसम्म सार्वजनिक रुपमा स्वीकार गरिसकेका छैनन् ।
त्यसैले पनि यो जोडीवीच सबै कुरा राम्रो छ भन्ने दावीमा शंका छ । त्यसो त मुम्बइको एक वर्षे संघर्षले पनि खास उपलब्धि हाँसिल नगरेपछि सञ्चिताले एउटा बुटिकमा काम थालेकी छन । नेपालबाट लगेको खर्चपर्च सकिए पछि बुटिकमा काम थालेकी सञ्चिताको चाहना अब नेपाल र्फकनुमा छ तर निखिल भने नेपाल र्फकन चाहिरेका छैनन् । कतै यही विषयले यी दुईवीच ठूलो दरार उत्पन्न गरेको त होइन कलिउडको बजारमा यस्तै प्रश्न सुन्न थालिएको छ ।
No comments:
Post a Comment