Sunday, January 2, 2011

भगवान सबैको टिमले अर्को फिल्म बनाउने

Source: फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १८, आईतवार


पछिल्लो चरणमा एक हप्तासम्म होल्ड ओभर  कायम  गर्न नसकेका नेपाली चलचित्रलाई पछि पार्दै तेस्रो हप्तामा पाईला बढाएको चलचित्र 'भगवान सवैको टिम'ले अर्को फिल्म निर्माण गर्ने निर्णय गरेको छ ।

रोज पिर्क्चर्स प्रालिको ब्यानरमा प्रदिप श्रेष्ठले निर्देशन गरेको एक्सन प्रधान सो फिल्मले अपेक्षा गरिए भन्दा ब्यापार राम्रो गरेकाले नयाँ फिल्म निर्माण गर्ने  निर्णय गरेको सो टिमको भनाई छ । जस अनुरूप  आज आईतबार बाट अर्को फिल्मको गीत रेकर्डिङ्ग कार्य पनि सो टिमले सुरू गरेको छ ।

आज पहिलो दिन सो चलचित्रका  संगीतकार चेतन सापकोटा आफैले संगीत भरेको  एक गीतमा स्वर दिएका छन् ।  भगवान सवैको का लेखक मौनता श्रेष्ठको लेखन रहेको उक्त फिल्म आगामी माघ अन्तिमबाट सुरू गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।  प्रेम कथामा आधार भएर निर्माण गरिने  नयाँ फिल्ममा को  -को  कलाकार राख्ने र कस्तो  शिर्षक राख्ने  भन्ने बारेमा फाईनल   हुन नसकेको श्रेष्ठको  भनाई छ ।

मेकिङ्गको हिसावले भारतीय चलचित्र वान्स अपन  र्टाईमको निर्माण भन्दा अघि तर  कथा बस्तु भने  झण्डै उस्तै लाग्ने भगवान सवैकोमा राजेश हमाल मुख्य भूमिकामा छन् । जुन चलचित्र राजधानीको मुख्य सिनेमा घर विश्वज्योतीमा तेस्रो सातामा प्रदर्शन भै रहेको छ ।