Friday, December 31, 2010

एक दिन एक रातको प्रिमियर

Source:फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १५, बिहिवार


शुक्रबारबाट प्रदर्शनमा आउन लागेको देव कुमार श्रेष्ठ निर्देशित चलचित्र  एक दिन एक रातको बिहिबार साँझ प्रिमियर गरिएको छ ।

काठमाण्डौको हात्तिसार स्थित  किउएफएक्स जय नेपाल सिनेमा घरमा बेलुकी छ बजे उक्त चलचित्रको प्रिमियर गरिएको हो । उक्त फिल्मको प्रिमियरमा थुप्रै चलचित्रकर्मी, सञ्चारकर्मी सहभागी भएका थिए । सिनेमा नेपाल इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मल रत्न शाक्यले निर्माण गरेको सो चलचित्रलाई  सस्पेन्स थ्रीलर शैलीमा प्रस्तुत गरिएको छ । 

अनुप बराल, कर्म, विनय श्रेष्ठ, दिया मास्के, पूजा लामा लगायतका कलाकार मुख्य भूमिकामा रहेको उक्त फिल्म यस अघि गएको पौष ९ गते प्रदर्शन गर्ने भनिएको थियो तर  भारतीय सिनेमा तीस मार खानको चेपुवामा पर्ने अनुमानले   भोलिका लागि 

२०१० लाई अन्तिम पटक सम्झदै हिरो-हिरोइन

Source: फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १६, शुक्रवार


अन्तराष्ट्रिय  स्तरको नयाँ बर्ष सन् २०११ मध्यरातको १२ बजे सँग विश्वभर बाट सुरू हुदैछ । २०११ को स्वागत र वर्तमानको  २०१० लाई विदाई गर्न केही नेपाली सेलिब्रेटीलीले पनि कम्मर कसेका छन् र थुप्रै न्यू इयर इभ पार्टीमा सहभागी हुदै आजको साँझ रंगीन बनाउदै छन् ।

के पूराना कलाकार के नयाँ विश्वकै साँझा चाड नयाँ बर्ष नेपालमा पनि पाईला टेक्न लाग्दा विभिन्न कार्यक्रममा सहभागी हुन सुटिङ्ग समेत बेलैमा सकेर चिसो मौसमलाई तातो रंगीत बनउन सेलिब्रेटीहरूले एकै साथ भन्दै छन् हृयाप्पी न्यू इयर २०११ ।

दशको विदाई र एघारको स्वातको पर्खाईमा रहेका नेपालका नम्बर वान नायिकाद्धय  रेखा थापा र झरना थापाले त्यति उल्लासको साथ न्यू इयर इभ नमाउने भएका छन् । झरना पहिलो माया हो मेरोको सुटिङ्गमै  अबरे सम्म ब्यस्त रहने भएकाले उनले सुटिङ्ग यूनिट र परिवारसँग  न्यू इयर मनाउने तयारी गरेकी छिन्  । यस्तै रेखाले कुनै पनि पार्टी डिस्को जोइन गर्न मन नलाग्ने भन्दै  केही टेलिभिजन च्यानलका कार्याक्रममा सहभागी भै न्यू इयर इभ मनाउदैछिन् ।

यस्तै नायिका ऋचा घिमिरे पती तथा तथा निर्देशक शंकर घिमिरको साथमा पूर्व मिस नेपाल उषा खड्गीले आयोजना गरेको एक कार्याक्रममा सहभागी हुने छन् भने आउदो ३० गते देखि प्रदर्शनमा आउन लागेको नायिका रेजिना उप्रेती अभिनित  चलचित्र चिनो प्रोमोशन गर्दै रेजिना हायत रेजेन्सीको डान्स पार्टीमा सहभागी हुदै छन् । यस्तै तिहार लगत्तै के यो माया हो को सुटिङ्गका लागि पोखरामा रहेकी नायिका अरूणिमा लम्साल सुस्मा कार्कीले सुटिङ्ग यूनिटको साथमा अहिलेका नम्बर वान नायक आर्यन सिग्देल सँग  न्यू इयर इभ  मनाउदै छन् ।

यस्तै नेपाली चलचित्रका धरोहर महानायक राजेश हमाल चलचित्र फर्कि आऊ को सुटिङ्गका लागि बिहिबार पोखरा गएकाले उनी आफ्नो सहयोगी चिरञ्जीवी आचार्यका साथ पोखरामा आयोजना हुने सडक महोत्सवमा सहभागी भएर न्यूइयरलाई स्वागत गर्दै छन् । यस्तै लभरब्याय राजबल्लभ कोइरालापनि प्रितिको फूलको सुटिङ्गको लागि गृह जिल्ला पोखरामा रहेकाले उनी आफ्ना पोखरेली साथीभाईसँग नयाँ बर्षालाई साधारण रूपमा स्वागत गर्दैछन् । राज भन्छन् 'न्यूइयर इभलाई म कहिलै बिर्सन सक्दिन ।'  कारण के भने गएको बर्ष२००९ बाट १० मा प्रवेश गर्ने समयमा उनी चलचित्र स्वरको सुटिङ्गमा थिए , सुटिङ्गको क्रममा राति ११ बजेको समयमा उनको गालाको हड्डी भाचिएको थियो र जसको उपचारको लागि उनले थुप्रै समस्याहरू भोगेका थिए ।

यस्तै उता हृयाण्डसम नायक जीवन लुइटेल ठमेलमा आयोजना हुने एक पार्टीमा सहभागी हुदैछन् । हाल चलचित्र जब जब माया बस्छको सुटिङ्गमा ब्यस्त रहेका जीवन स्ट्रिकली न्यू इयर  इभ मनाउने तयारीमा छन् । केही समय ठमेल तताएर जीवन सगरमाथा टेलिभिजनले आयोजना गर्ने एक कार्याक्रमा सहभागी भएर हृयाप्पी न्यू इयर भन्दैछन् ।    यस्तै यता त्रय नायक  रमित ढुङ्गाना, रेश मरहठ्ठा र मुकेश आचार्य पुल्चोकमा आयोजना हुने डान्स पार्टीमा संयूक्त सहभागी भएर महोल तताउदैछन् । रमितले आफू अभिनित चलचित्र चिनोको प्रोमोशन त्यहाँ गर्दैछन् भने रेशले २०१० मा सुरू भएको आफ्नो मेघा प्रोजेक्ट च्यालेन्जलाई सवै समक्ष हृयाप्पी न्यूइयर च्यालेन्ज भन्दै न्यू इयर  इभ मनाउदैछन् ।