Wednesday, December 29, 2010
निखिल-सञ्चितामा फाटो
भित्री खबरलाई आधार मान्ने हो भने मुम्बइसम्म भागेर प्रेम विवाह गरेका निखिल र सञ्चितावीच ‘अल इज वेल’ छैन । उनीहरुवीच ‘समथिङ रङ’ भैरहेको छ । त्यसैले त एक वर्षदेखि मुम्बइमा बसिरहेका यी दुई न त विवाह गर्न सकिरहेका छन् न त छुट्टनि नै ।उनीहरुको विवाहलाई प्रेम विवाह भनिएको छ, सञ्चिताले निखिलकै नाममा सिन्दुर र मंगलसुत्र लगाउने गरेकी छन् तर निखिलले यो कुरालाई अहिलेसम्म सार्वजनिक रुपमा स्वीकार गरिसकेका छैनन् ।
त्यसैले पनि यो जोडीवीच सबै कुरा राम्रो छ भन्ने दावीमा शंका छ । त्यसो त मुम्बइको एक वर्षे संघर्षले पनि खास उपलब्धि हाँसिल नगरेपछि सञ्चिताले एउटा बुटिकमा काम थालेकी छन । नेपालबाट लगेको खर्चपर्च सकिए पछि बुटिकमा काम थालेकी सञ्चिताको चाहना अब नेपाल र्फकनुमा छ तर निखिल भने नेपाल र्फकन चाहिरेका छैनन् । कतै यही विषयले यी दुईवीच ठूलो दरार उत्पन्न गरेको त होइन कलिउडको बजारमा यस्तै प्रश्न सुन्न थालिएको छ ।
१३ किलो तौल घटाउने प्रयासमा दीपा श्री

बलिउडमा तिस मार खाँका लागि ५४ किलोकी नायिका कैट्रिना कैफले दुई किलो ओजन घटाएर सुपर सेक्सी छवि बनाइन । तर यहाँ एउटा हात्ति जस्तै मोटी नायिका १३ किलोको तौल घटाएर नायिका बन्ने मुडमा छिन् ।
खान अघि डाइट कोक खाने तर माछामासु नबार्ने हाँस्य नायिका दीपाश्रीलाई निरौलालाई अहिले नायिका बन्ने भुत चढेको छ । त्यसैले त ६८ किलो तौल भएकी दिपाश्री ५५ किलो बन्न चाहन्छिन, अनि नेपाली चलचित्रकी नायिका ।
दीपकराज गिरीसँग तितोसत्यमा लामो समयदेखि साथसाथ देखिंदै आएकी दिपाश्रीले तौल घटाउन चाहे पनि फुड ह्याविटका कारण घटाउन सकिरहेकी छैनन् । बिहान बेलुका घरको खानाभन्दा दीपकराज गिरीसँग रेष्टुरेण्टमा खाना खान रुचाउने दिपाश्रीले कसरी तौल घटाउलिन ? अहिले कलिउडमा यही चर्चा हुने गरेको छ ।
श्रीमानलाई समय दिइनन् झरनाले
नायिका झरना थापाको शारीरिक बनावट हेर्दा उनी अविवाहित नै देखिन्छिन् तर उनी किशोर अवस्थामा टेक्दै गरेकी छोरीकी आमा हुन् । यो कुरा धेरैले नपत्याउन सक्लान् तर यो सत्य हो । यसरी उमेर ढल्कँदै गए पनि बैंस नगएकी नायिकाको रूपमा रहेकी झरनाको व्यस्तता यस्तो बढेको छ कि उनले निर्माता श्रीमान सुनिलकुमार थापालाई समय नै दिन भ्याएकी छैनन् रे ।उनी सुनिलसँग कति समय बिताउन पाउँछिन् त्यो त थाहा भएन । तर सुनिलले बनाउने भनी घोषणा गरेको ‘केटी हराएको सूचना’को चलचित्रको सुटिङ भने झरनाकै कारण रोकिएको छ । झरनाको डेट कहिले खालि होला र सुटिङ थालौँला भनेर बसेका उनका श्रीमानको चलचित्र कहिले सुरु
Nepali Movie Mp3 Songs Download
» Kaha Bata aauchha - Sasan Download ![]() |
» Sasan Promo- Sasan Download ![]() |
» Laijau Malai - Chino Download ![]() |
» Kati Ramro Gori - Chino Download ![]() |
» Panchhi Jastai - Chino Download ![]() |
» Bole maya badhchha - Man Manai Man Parae Download ![]() |
» Maile Man Parae - Man Manai Man Parae Download ![]() |
» Aakha Aakha - Kohi mero Download ![]() |
» GhamKo Maya - Gorkha Paltan Download |
स्वरलाई रमपमको सहयोग
प्रशन्न पौडेल निर्देशित सागीतिक चलचित्र स्वरलाई एसियन थाईफुड्सको चाउचाउ रमपमले होडिङ बोर्ड पब्लिसिटीमा सहयोग गरेको छ ।
आगामी माघ १४ गतेदेखि देश ब्यापी प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको पब्लिसिटीका लागि रमपम र आफूहरूबीच देश भरीका १५ स्थानका २८ वटा ठूला होडिङ्ग बोर्डमा सहयोग गर्ने र आफ्नो फिल्मको प्रोमो तथा विज्ञापन सामग्रीमा रमपमको विज्ञापन समावेश गर्ने दुई तर्फी एग्रीमेन्ट भएको निर्देशक पौडेलले जानकारी दिएका छन् ।
यस्तै सो चलचित्रका निर्देशक पौडेल, निर्माता सुरेन बलामी, नायिका केकी अधिकारी, बेनिषा हमाल लगायत सो चलचित्रको टोली फिल्म प्रोमोशनका लागि बुधबार बिहान बुटवल प्रस्थान गरेको छ । बुधबार बुटवल प्रस्थान गरेको सो टोलीले बिहिबार बुटवलमा विभिन्न कार्यक्रम गर्दै आफ्नो फिल्मको प्रोमोशन गर्ने बताईएको छ ।

यस्तै बुधबारबाट विशेष प्रोमोशन अभियान सुरू गरेको स्वर यूनिट बुटवल पछी हेटौडा, त्यसपछी क्रमश पूर्वका धरान, विराटनगर झापा हुदै पश्चिम दाङ , नेपालगञ्ज, धनगढीलगायतका विभिन्न सहरमा फिल्मको प्रोमोशन गरी पोखरामा अन्तिम कार्यक्रम गरि आफ्नो पन्ध्र दिने भ्रमण सकि काठमाण्डौ फर्कने बताएको छ ।
आकाशले भने 'संयूक्ता मेरो गर्लफ्रेण्ड'
हाड विनाको जिब्रो कहिले काही त्यसै लटपटिन्छ, अनि लटपटिएपछी लुकाएका केही कुराहरू बाहिर आउनलाई न त्यो जिब्रोले रोक्छ न त जिब्रो लटपटिएको त्यो मनिसको मनले नै ।
बाठो जिब्रोको कारण बुधबार एक कार्यक्रममा यस्तै घटना घट्यो । चलचित्रकाठमाण्डूका निर्देशक,निर्माता तथा नायक आकाश अधिकारी थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीको बिचमा उपस्थित थिए । सायद उनले त्यो कुरालाई लुकाएर राखेका थिए होला त्यसैले लुकाएको कुरा कति दिन टिक्छ भन्ने उखान बुधबार आकाशको जीवनमा यथार्थ भएर आयो र त्यो गोप्यनयता सबैको सामु छताछुल्ल भयो ।
सायद सो कार्यक्रममा उनकी श्रीमती उपस्थित भै दिएको भए त्यहाँ निकै ठूलो झगडा नै हुन्थ्यो होला । झगडा पनि नहोस कसरी ? जव आफ्नो लोग्नेले अरू कुनै स्त्रीलाई गर्लफ्रेण्ड भनेपछी चित्त त दुख्छ नै । धन्न केही दिन अघि उनकी श्रीमती आफ्नो माईती इटाली गएका कारण कार्यक्रममा उपस्थित हुन सकेकी थिईनन् र सो कुरा समान्य नै भयो ।
कुरा के हो भने चलचित्र काठमाण्डौको अडियो विमोचन समारोह कमल पोखरी स्थित कुमारी सिनेमा घरमा आयोजना गरिएको थियो । उदघोषकले क्रमश सोही चलचित्रकी अभिनेत्री संयूक्ता राणा तथा अन्य चलचित्रकर्मीलाई अग्रपंक्तिमा आसन ग्रहण गर्न लगाए । कार्यक्रममा ती सवैले एक साथ अडियो विमोचन पनि गरे । यसै क्रममा आकाशलाई उदघोषकले पोडियमा बोल्न लगाए । उनले उपस्थित सवै अतिथिलाई फटाफट धन्यवाद पनि दिए र अन्त्यमा अतिथि बनेकी आफ्नै चलचित्रकी अभिनेत्री संयुक्ता प्रति लक्षित गर्दै 'स्पेशल थ्याकंस फर माई गर्लफ्रेण्ड संयूक्ता' भन्दै धन्यवाद दिएका थिए । संयूक्तालाई गर्लफ्रेण्ड भन्ने वित्तिकै आकाशले हातले टाउकोमा थप्पड हानेर सरि भन्दै हैन फिल्मकी गर्लफ्रेण्ड भनेको हो भनेर फुत्किएको आफ्नो बोलीलाई सपारे ।.jpg)
आकाशको मुखबाट गर्लफ्रेण्ड भन्ने शब्द निस्किए लगत्तै काठमाण्डू फिल्ममा यि दुई साच्चिकै गर्लफ्रेण्ड छन् कि छैनन् भन्ने बारेमा फिल्मीखबरले अन दि स्पट अनुसन्धान सुरू गर्यो र निस्कर्ष निकाल्यो सो फिल्ममा आकाश र संयूक्ता देवर भाउजूको भूमिकामा देखिएका छन् । फिल्ममा आकाशको गर्लफ्रेण्ड हलिउड नायिका रिया मार्फी हुन्छिन् र रियासँग आकाशको प्रेम सम्बन्ध भएको हुन्छ । उता संयूक्ता अभिनेता अर्जुन श्रेष्ठको श्रीमतीको रूपमा देखा परेकी हुन्छिन् । अर्जुन आकाशको दाई भएर फिल्ममा खेलेका छन् । यहिबाट यो पुष्टी हुन्छ कि संयूक्ता आकाशको भाउजू पर्छिन ।
बाठो जिब्रोको कारण बुधबार एक कार्यक्रममा यस्तै घटना घट्यो । चलचित्रकाठमाण्डूका निर्देशक,निर्माता तथा नायक आकाश अधिकारी थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीको बिचमा उपस्थित थिए । सायद उनले त्यो कुरालाई लुकाएर राखेका थिए होला त्यसैले लुकाएको कुरा कति दिन टिक्छ भन्ने उखान बुधबार आकाशको जीवनमा यथार्थ भएर आयो र त्यो गोप्यनयता सबैको सामु छताछुल्ल भयो ।
सायद सो कार्यक्रममा उनकी श्रीमती उपस्थित भै दिएको भए त्यहाँ निकै ठूलो झगडा नै हुन्थ्यो होला । झगडा पनि नहोस कसरी ? जव आफ्नो लोग्नेले अरू कुनै स्त्रीलाई गर्लफ्रेण्ड भनेपछी चित्त त दुख्छ नै । धन्न केही दिन अघि उनकी श्रीमती आफ्नो माईती इटाली गएका कारण कार्यक्रममा उपस्थित हुन सकेकी थिईनन् र सो कुरा समान्य नै भयो ।
कुरा के हो भने चलचित्र काठमाण्डौको अडियो विमोचन समारोह कमल पोखरी स्थित कुमारी सिनेमा घरमा आयोजना गरिएको थियो । उदघोषकले क्रमश सोही चलचित्रकी अभिनेत्री संयूक्ता राणा तथा अन्य चलचित्रकर्मीलाई अग्रपंक्तिमा आसन ग्रहण गर्न लगाए । कार्यक्रममा ती सवैले एक साथ अडियो विमोचन पनि गरे । यसै क्रममा आकाशलाई उदघोषकले पोडियमा बोल्न लगाए । उनले उपस्थित सवै अतिथिलाई फटाफट धन्यवाद पनि दिए र अन्त्यमा अतिथि बनेकी आफ्नै चलचित्रकी अभिनेत्री संयुक्ता प्रति लक्षित गर्दै 'स्पेशल थ्याकंस फर माई गर्लफ्रेण्ड संयूक्ता' भन्दै धन्यवाद दिएका थिए । संयूक्तालाई गर्लफ्रेण्ड भन्ने वित्तिकै आकाशले हातले टाउकोमा थप्पड हानेर सरि भन्दै हैन फिल्मकी गर्लफ्रेण्ड भनेको हो भनेर फुत्किएको आफ्नो बोलीलाई सपारे ।
.jpg)
आकाशको मुखबाट गर्लफ्रेण्ड भन्ने शब्द निस्किए लगत्तै काठमाण्डू फिल्ममा यि दुई साच्चिकै गर्लफ्रेण्ड छन् कि छैनन् भन्ने बारेमा फिल्मीखबरले अन दि स्पट अनुसन्धान सुरू गर्यो र निस्कर्ष निकाल्यो सो फिल्ममा आकाश र संयूक्ता देवर भाउजूको भूमिकामा देखिएका छन् । फिल्ममा आकाशको गर्लफ्रेण्ड हलिउड नायिका रिया मार्फी हुन्छिन् र रियासँग आकाशको प्रेम सम्बन्ध भएको हुन्छ । उता संयूक्ता अभिनेता अर्जुन श्रेष्ठको श्रीमतीको रूपमा देखा परेकी हुन्छिन् । अर्जुन आकाशको दाई भएर फिल्ममा खेलेका छन् । यहिबाट यो पुष्टी हुन्छ कि संयूक्ता आकाशको भाउजू पर्छिन ।
तर्सथ आकाशले सच्याएको त्यो बोली जति घुमाए पनि कहि मिल्दैन । फिल्ममा संयूक्ता आकाशको गर्लफ्रेण्ड भएर देखिएकी छैनन् । यर्सथ आकाशले किन संयूक्तालाई गर्लफ्रेण्ड भने त ? अनि फिल्मलाई दोष दिदै किन कुरा बनाए त ? प्रश्न गर्ने धेरै ठाँउहरू भेटिएका छन् । के बास्तविक जीवनमा विवाहित आकाशको गर्लफ्रेण्ड संयूक्ता हुन् त ? यहाँ उब्जिएका प्रश्नहरूको सम्भावित उत्तरको लागी तलको कमेन्ट बक्समा गएर तपाईले आफ्नो बिचार व्यक्त गर्नुहोला ।
अभिनेत्री पूजा चन्द फर्किन
चार बर्षपछि गएको मंसिर आठ गते स्वदेश आएकी अभिनेत्री पूजा चन्द एक महिने नेपाल बसाईपछी पुनः अमेरिका प्रस्थान गरेकी छिन् ।
पूजाले मंगलबार बेलुकी साढे सात बजे नेपाल भूमि छाडेकी हुन् । एक महिने नेपाल बसाईमा उनले आफ्नो दश बर्ष अघिको सपना गीति एल्बम 'कसरी सम्झाऊ' रिलिज गर्नुको साथै सो एल्बमको शिर्ष गीतको एक म्यूजिक भिडियो समेत आफ्ना फ्यानहरूलाई उपहार दिएर गएकी छिन् । पूजाले आफ्नी सत्र बर्षीया छोरी दिब्याको हेरचाहको लागि आमालाई समेत अमेरिका लगेकी छिन् । अबका केही बर्ष उनी अमेरिकामै बस्ने छिन् र केही बर्षको अन्तरालमा सधैको लागि नेपाल फर्कदैछिन् ।
एक महिने नेपाल बसाईमा भने जस्तो योग्य पुरूष पाए दोस्रो बिवाह गर्ने बताएकी पूजाले खोजे जस्तै योग्य पुरूष पाईन वा पाईनन त्यो त उनलाई नै थाहा होला । जे होस छोटो विदा मिलाएर स्वदेश आएकी पूजाले सवैको मन जितेर गईन् । शुभ यात्रा पूजा !

चिरञ्जीवीलाई नामको चटारो

नेपाली चलचित्र क्षेत्रमा प्रायः शीर्षकको अभाव हुने गरेको छ । त्यसमाथि ज्योतिषलाई देखाएर शीर्षक जुराउने चलनले निर्माताहरूलाई नाम जुराउन हम्मे हम्मे पर्ने गरेको छ । शीर्षकले चलचित्र फलिफाप हुने विश्वासले उनीहरू राम्रो शीर्षक खोज्न निकै भौँतारिन्छन् । कतिपयले त शीर्षक नै बदलेका पनि छन् । सुरुमा एउटा नाम घोषण गर्यो पछि अर्को नाम राख्यो । यही कोटीमा परेका छन् ननस्टप निर्माताका रूपमा परिचित चिरञ्जीवी बस्नेतलाई ।
कुनै समय ‘च’ अक्षरका प्रेमी उनले चोर, चण्डाल, चमत्कार, चलचित्र जस्ता नाम राखी चलचित्रसमेत बनाँएका थिए । डेढ वर्षअघि एक ज्योतिषले उनलाई ‘भ’ अक्षर फलिफाप हुने भनिदिएपछि उनी ‘भ’ को पछि निकै लागे । ज्योतिषकै लहलहैमा उनले भागी भागी नजाउ, भिष्मराज र भुल्नै सकिन शीर्षकमा तीनवटा चलचित्र नै बनाए । यीमध्ये भागी भागी नजाउ मोफसलमा प्रदर्शन पनि भइसकेको छ तर चलचित्रले पानी पनि पिउन नपाएपछि उनी निकै अतालिएका छन् ।
शुभ अक्षर भनिएको ‘भ’ अक्षरबाट शीर्षक जुराउँदासमेत चलचित्र नलचेपछि चिरञ्जीवी यतिबेला -उसो त चिरञ्जीवीको कुन चाहिँ चलचित्र पो सफल भएको छ र !) अर्कै ज्योतिषको शरणमा पुगेका छन् । ती ज्योतिषले ‘भ’ हैन ‘म’ पो शुभ छ भनेपछि उनी रणभुल्लमा परेका छन् । ज्योतिषले शुभ अक्षर नै भनेपछि उनले चलचित्र ‘भुल्नै सकिन’को शीर्षक बदलेर ‘मैले भुल्नै सकिन’ राखे ।
थोरै मात्र प्रचार सामग्री बनाइएको कारण यस चलचित्रको नाम बदल्न सजिलो भयो तर धेरै प्रचार सामग्री बनाइएको ‘भिष्मराज’ को शीर्षक भने उनले नफेर्ने भएका छन् । फेरे त लाखौँ रुपियाँ घाटा लागिहाल्छ नि ! यतिबेला उनी निकै द्विविधामा परेका छन् । नत्र उनी अर्कै अक्षर थपथाप गरेर नयाँ नाम दिन कहाँ पछि पर्थे र ?
Subscribe to:
Posts (Atom)