Wednesday, December 29, 2010

Kohi Mero - Nepali Movie Songs




निखिल-सञ्चितामा फाटो



भित्री खबरलाई आधार मान्ने हो भने मुम्बइसम्म भागेर प्रेम विवाह गरेका निखिल र सञ्चितावीच ‘अल इज वेल’ छैन । उनीहरुवीच ‘समथिङ रङ’ भैरहेको छ । त्यसैले त एक वर्षदेखि मुम्बइमा बसिरहेका यी दुई न त विवाह गर्न सकिरहेका छन् न त छुट्टनि नै ।
उनीहरुको विवाहलाई प्रेम विवाह भनिएको छ, सञ्चिताले निखिलकै नाममा सिन्दुर र मंगलसुत्र लगाउने गरेकी छन् तर निखिलले यो कुरालाई अहिलेसम्म सार्वजनिक रुपमा स्वीकार गरिसकेका छैनन् ।
त्यसैले पनि यो जोडीवीच सबै कुरा राम्रो छ भन्ने दावीमा शंका छ । त्यसो त मुम्बइको एक वर्षे संघर्षले पनि खास उपलब्धि हाँसिल नगरेपछि सञ्चिताले एउटा बुटिकमा काम थालेकी छन । नेपालबाट लगेको खर्चपर्च सकिए पछि बुटिकमा काम थालेकी सञ्चिताको चाहना अब नेपाल र्फकनुमा छ तर निखिल भने नेपाल र्फकन चाहिरेका छैनन् । कतै यही विषयले यी दुईवीच ठूलो दरार उत्पन्न गरेको त होइन कलिउडको बजारमा यस्तै प्रश्न सुन्न थालिएको छ ।

१३ किलो तौल घटाउने प्रयासमा दीपा श्री


बलिउडमा तिस मार खाँका लागि ५४ किलोकी नायिका कैट्रिना कैफले दुई किलो ओजन घटाएर सुपर सेक्सी छवि बनाइन । तर यहाँ एउटा हात्ति जस्तै मोटी नायिका १३ किलोको तौल घटाएर नायिका बन्ने मुडमा छिन् ।
खान अघि डाइट कोक खाने तर माछामासु नबार्ने हाँस्य नायिका दीपाश्रीलाई निरौलालाई अहिले नायिका बन्ने भुत चढेको छ । त्यसैले त ६८ किलो तौल भएकी दिपाश्री ५५ किलो बन्न चाहन्छिन, अनि नेपाली चलचित्रकी नायिका ।
दीपकराज गिरीसँग तितोसत्यमा लामो समयदेखि साथसाथ देखिंदै आएकी दिपाश्रीले तौल घटाउन चाहे पनि फुड ह्याविटका कारण घटाउन सकिरहेकी छैनन् । बिहान बेलुका घरको खानाभन्दा दीपकराज गिरीसँग रेष्टुरेण्टमा खाना खान रुचाउने दिपाश्रीले कसरी तौल घटाउलिन ? अहिले कलिउडमा यही चर्चा हुने गरेको छ ।

श्रीमानलाई समय दिइनन् झरनाले



नायिका झरना थापाको शारीरिक बनावट हेर्दा उनी अविवाहित नै देखिन्छिन् तर उनी किशोर अवस्थामा टेक्दै गरेकी छोरीकी आमा हुन् । यो कुरा धेरैले नपत्याउन सक्लान् तर यो सत्य हो । यसरी उमेर ढल्कँदै गए पनि बैंस नगएकी नायिकाको रूपमा रहेकी झरनाको व्यस्तता यस्तो बढेको छ कि उनले निर्माता श्रीमान सुनिलकुमार थापालाई समय नै दिन भ्याएकी छैनन् रे ।
उनी सुनिलसँग कति समय बिताउन पाउँछिन् त्यो त थाहा भएन । तर सुनिलले बनाउने भनी घोषणा गरेको ‘केटी हराएको सूचना’को चलचित्रको सुटिङ भने झरनाकै कारण रोकिएको छ । झरनाको डेट कहिले खालि होला र सुटिङ थालौँला भनेर बसेका उनका श्रीमानको चलचित्र कहिले सुरु 

Nepali Movie Mp3 Songs Download

» Kaha Bata aauchha - Sasan Download 
» Sasan Promo- Sasan Download 
» Laijau Malai - Chino Download 
» Kati Ramro Gori - Chino Download 
» Panchhi Jastai - Chino Download 
» Bole maya badhchha - Man Manai Man Parae Download 
» Maile Man Parae - Man Manai Man Parae Download 
» Aakha Aakha - Kohi mero Download 
» GhamKo Maya - Gorkha Paltan Download  

स्वरलाई रमपमको सहयोग

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १४, बुधवार


प्रशन्न पौडेल निर्देशित सागीतिक चलचित्र स्वरलाई एसियन थाईफुड्सको चाउचाउ रमपमले होडिङ बोर्ड पब्लिसिटीमा सहयोग गरेको छ ।

आगामी माघ १४ गतेदेखि देश ब्यापी प्रदर्शनमा आउन लागेको  उक्त चलचित्रको पब्लिसिटीका लागि रमपम र आफूहरूबीच देश भरीका १५ स्थानका २८ वटा ठूला होडिङ्ग बोर्डमा सहयोग गर्ने र आफ्नो फिल्मको प्रोमो तथा विज्ञापन सामग्रीमा रमपमको विज्ञापन समावेश गर्ने दुई तर्फी एग्रीमेन्ट भएको निर्देशक पौडेलले जानकारी दिएका छन् ।

यस्तै सो चलचित्रका निर्देशक पौडेल, निर्माता सुरेन बलामी, नायिका केकी अधिकारी, बेनिषा हमाल लगायत सो चलचित्रको टोली फिल्म प्रोमोशनका लागि बुधबार बिहान बुटवल प्रस्थान गरेको छ । बुधबार बुटवल प्रस्थान गरेको सो टोलीले बिहिबार बुटवलमा विभिन्न कार्यक्रम गर्दै आफ्नो फिल्मको प्रोमोशन गर्ने बताईएको छ ।

यस्तै बुधबारबाट विशेष प्रोमोशन अभियान सुरू गरेको स्वर यूनिट बुटवल पछी हेटौडा, त्यसपछी क्रमश पूर्वका धरान, विराटनगर झापा हुदै पश्चिम दाङ , नेपालगञ्ज, धनगढीलगायतका विभिन्न सहरमा फिल्मको प्रोमोशन गरी पोखरामा अन्तिम कार्यक्रम गरि आफ्नो पन्ध्र दिने भ्रमण सकि काठमाण्डौ फर्कने बताएको छ ।

आकाशले भने 'संयूक्ता मेरो गर्लफ्रेण्ड'

Source: अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष १४, बुधवार


हाड विनाको जिब्रो कहिले काही त्यसै लटपटिन्छ, अनि लटपटिएपछी लुकाएका केही कुराहरू बाहिर आउनलाई न त्यो जिब्रोले रोक्छ न त जिब्रो लटपटिएको त्यो मनिसको मनले नै ।

बाठो जिब्रोको कारण बुधबार एक कार्यक्रममा यस्तै घटना घट्यो   चलचित्रकाठमाण्डूका निर्देशक,निर्माता तथा  नायक  आकाश अधिकारी थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीको बिचमा उपस्थित थिए । सायद उनले त्यो कुरालाई लुकाएर राखेका थिए होला त्यसैले लुकाएको कुरा कति दिन टिक्छ भन्ने उखान बुधबार आकाशको जीवनमा  यथार्थ भएर आयो र त्यो  गोप्यनयता सबैको सामु छताछुल्ल भयो ।

सायद सो कार्यक्रममा उनकी श्रीमती उपस्थित भै दिएको भए त्यहाँ निकै ठूलो झगडा नै हुन्थ्यो होला । झगडा पनि नहोस कसरी ? जव आफ्नो लोग्नेले अरू कुनै स्त्रीलाई  गर्लफ्रेण्ड भनेपछी चित्त त दुख्छ नै ।  धन्न केही दिन अघि उनकी श्रीमती आफ्नो माईती इटाली गएका कारण कार्यक्रममा उपस्थित हुन सकेकी थिईनन् र सो कुरा समान्य नै भयो ।

कुरा के हो भने चलचित्र काठमाण्डौको अडियो विमोचन समारोह कमल पोखरी स्थित कुमारी सिनेमा घरमा आयोजना गरिएको थियो । उदघोषकले क्रमश सोही चलचित्रकी अभिनेत्री संयूक्ता राणा  तथा अन्य चलचित्रकर्मीलाई अग्रपंक्तिमा आसन ग्रहण गर्न लगाए । कार्यक्रममा ती सवैले एक साथ अडियो  विमोचन पनि गरे । यसै क्रममा आकाशलाई उदघोषकले पोडियमा बोल्न लगाए । उनले उपस्थित सवै अतिथिलाई फटाफट धन्यवाद पनि दिए र अन्त्यमा अतिथि बनेकी आफ्नै चलचित्रकी अभिनेत्री संयुक्ता प्रति लक्षित गर्दै 'स्पेशल थ्याकंस फर माई गर्लफ्रेण्ड संयूक्ता' भन्दै धन्यवाद दिएका थिए । संयूक्तालाई गर्लफ्रेण्ड भन्ने वित्तिकै  आकाशले हातले टाउकोमा थप्पड हानेर सरि भन्दै हैन फिल्मकी गर्लफ्रेण्ड भनेको हो भनेर  फुत्किएको आफ्नो बोलीलाई सपारे । 

आकाशको मुखबाट गर्लफ्रेण्ड भन्ने शब्द निस्किए लगत्तै काठमाण्डू फिल्ममा यि दुई  साच्चिकै गर्लफ्रेण्ड छन् कि छैनन् भन्ने बारेमा फिल्मीखबरले अन दि स्पट अनुसन्धान सुरू गर्‍यो र निस्कर्ष निकाल्यो सो फिल्ममा आकाश र संयूक्ता देवर भाउजूको भूमिकामा देखिएका छन् । फिल्ममा  आकाशको गर्लफ्रेण्ड हलिउड नायिका रिया मार्फी हुन्छिन् र  रियासँग आकाशको प्रेम सम्बन्ध भएको हुन्छ । उता संयूक्ता अभिनेता अर्जुन श्रेष्ठको श्रीमतीको रूपमा देखा परेकी हुन्छिन्  । अर्जुन आकाशको दाई भएर फिल्ममा खेलेका छन् । यहिबाट यो पुष्टी हुन्छ कि संयूक्ता आकाशको भाउजू पर्छिन ।

तर्सथ आकाशले सच्याएको त्यो बोली जति घुमाए पनि कहि  मिल्दैन । फिल्ममा संयूक्ता आकाशको गर्लफ्रेण्ड भएर देखिएकी छैनन् । यर्सथ आकाशले किन संयूक्तालाई गर्लफ्रेण्ड  भने त ? अनि फिल्मलाई दोष दिदै किन कुरा बनाए त ?   प्रश्न गर्ने धेरै ठाँउहरू भेटिएका छन् । के  बास्तविक जीवनमा विवाहित आकाशको गर्लफ्रेण्ड संयूक्ता हुन् त ?  यहाँ उब्जिएका प्रश्नहरूको सम्भावित उत्तरको लागी तलको कमेन्ट बक्समा गएर तपाईले आफ्नो बिचार व्यक्त गर्नुहोला ।

Shasan - New Nepali Movie Mp3 Song


More Mp3 Songs Coming Soon!!!

अभिनेत्री पूजा चन्द फर्किन

Source: फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १३, मंगलवार


चार बर्षपछि गएको मंसिर आठ गते स्वदेश आएकी अभिनेत्री पूजा चन्द एक महिने नेपाल बसाईपछी पुनः अमेरिका प्रस्थान गरेकी छिन् ।

पूजाले  मंगलबार बेलुकी साढे सात बजे नेपाल भूमि छाडेकी हुन् । एक महिने नेपाल बसाईमा उनले आफ्नो दश बर्ष अघिको सपना गीति एल्बम 'कसरी सम्झाऊ'  रिलिज गर्नुको साथै सो एल्बमको शिर्ष गीतको एक म्यूजिक भिडियो समेत  आफ्ना फ्यानहरूलाई उपहार दिएर गएकी छिन् । पूजाले  आफ्नी सत्र बर्षीया छोरी दिब्याको हेरचाहको लागि आमालाई समेत अमेरिका लगेकी छिन् । अबका केही बर्ष उनी अमेरिकामै बस्ने छिन् र केही बर्षको अन्तरालमा सधैको लागि नेपाल फर्कदैछिन्  ।

एक महिने नेपाल बसाईमा भने जस्तो योग्य पुरूष पाए दोस्रो बिवाह गर्ने बताएकी पूजाले खोजे  जस्तै योग्य पुरूष पाईन वा पाईनन त्यो त उनलाई नै थाहा होला । जे होस छोटो विदा मिलाएर स्वदेश आएकी  पूजाले सवैको मन जितेर गईन् । शुभ यात्रा पूजा !

चिरञ्जीवीलाई नामको चटारो


नेपाली चलचित्र क्षेत्रमा प्रायः शीर्षकको अभाव हुने गरेको छ । त्यसमाथि ज्योतिषलाई देखाएर शीर्षक जुराउने चलनले निर्माताहरूलाई नाम जुराउन हम्मे हम्मे पर्ने गरेको छ । शीर्षकले चलचित्र फलिफाप हुने विश्वासले उनीहरू राम्रो शीर्षक खोज्न निकै भौँतारिन्छन् । कतिपयले त शीर्षक नै बदलेका पनि छन् । सुरुमा एउटा नाम घोषण गर्‍यो पछि अर्को नाम राख्यो । यही कोटीमा परेका छन् ननस्टप निर्माताका रूपमा परिचित चिरञ्जीवी बस्नेतलाई ।
कुनै समय ‘च’ अक्षरका प्रेमी उनले चोर, चण्डाल, चमत्कार, चलचित्र जस्ता नाम राखी चलचित्रसमेत बनाँएका थिए । डेढ वर्षअघि एक ज्योतिषले उनलाई ‘भ’ अक्षर फलिफाप हुने भनिदिएपछि उनी ‘भ’ को पछि निकै लागे । ज्योतिषकै लहलहैमा उनले भागी भागी नजाउ, भिष्मराज र भुल्नै सकिन शीर्षकमा तीनवटा चलचित्र नै बनाए । यीमध्ये भागी भागी नजाउ मोफसलमा प्रदर्शन पनि भइसकेको छ तर चलचित्रले पानी पनि पिउन नपाएपछि उनी निकै अतालिएका छन् ।
शुभ अक्षर भनिएको ‘भ’ अक्षरबाट शीर्षक जुराउँदासमेत चलचित्र नलचेपछि चिरञ्जीवी यतिबेला -उसो त चिरञ्जीवीको कुन चाहिँ चलचित्र पो सफल भएको छ र !) अर्कै ज्योतिषको शरणमा पुगेका छन् । ती ज्योतिषले ‘भ’ हैन ‘म’ पो शुभ छ भनेपछि उनी रणभुल्लमा परेका छन् । ज्योतिषले शुभ अक्षर नै भनेपछि उनले चलचित्र ‘भुल्नै सकिन’को शीर्षक बदलेर ‘मैले भुल्नै सकिन’ राखे ।
थोरै मात्र प्रचार सामग्री बनाइएको कारण यस चलचित्रको नाम बदल्न सजिलो भयो तर धेरै प्रचार सामग्री बनाइएको ‘भिष्मराज’ को शीर्षक भने उनले नफेर्ने भएका छन् । फेरे त लाखौँ रुपियाँ घाटा लागिहाल्छ नि ! यतिबेला उनी निकै द्विविधामा परेका छन् । नत्र उनी अर्कै अक्षर थपथाप गरेर नयाँ नाम दिन कहाँ पछि पर्थे र ?