Wednesday, December 29, 2010

स्वरलाई रमपमको सहयोग

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १४, बुधवार


प्रशन्न पौडेल निर्देशित सागीतिक चलचित्र स्वरलाई एसियन थाईफुड्सको चाउचाउ रमपमले होडिङ बोर्ड पब्लिसिटीमा सहयोग गरेको छ ।

आगामी माघ १४ गतेदेखि देश ब्यापी प्रदर्शनमा आउन लागेको  उक्त चलचित्रको पब्लिसिटीका लागि रमपम र आफूहरूबीच देश भरीका १५ स्थानका २८ वटा ठूला होडिङ्ग बोर्डमा सहयोग गर्ने र आफ्नो फिल्मको प्रोमो तथा विज्ञापन सामग्रीमा रमपमको विज्ञापन समावेश गर्ने दुई तर्फी एग्रीमेन्ट भएको निर्देशक पौडेलले जानकारी दिएका छन् ।

यस्तै सो चलचित्रका निर्देशक पौडेल, निर्माता सुरेन बलामी, नायिका केकी अधिकारी, बेनिषा हमाल लगायत सो चलचित्रको टोली फिल्म प्रोमोशनका लागि बुधबार बिहान बुटवल प्रस्थान गरेको छ । बुधबार बुटवल प्रस्थान गरेको सो टोलीले बिहिबार बुटवलमा विभिन्न कार्यक्रम गर्दै आफ्नो फिल्मको प्रोमोशन गर्ने बताईएको छ ।

यस्तै बुधबारबाट विशेष प्रोमोशन अभियान सुरू गरेको स्वर यूनिट बुटवल पछी हेटौडा, त्यसपछी क्रमश पूर्वका धरान, विराटनगर झापा हुदै पश्चिम दाङ , नेपालगञ्ज, धनगढीलगायतका विभिन्न सहरमा फिल्मको प्रोमोशन गरी पोखरामा अन्तिम कार्यक्रम गरि आफ्नो पन्ध्र दिने भ्रमण सकि काठमाण्डौ फर्कने बताएको छ ।

No comments:

Post a Comment