Wednesday, December 29, 2010

आकाशले भने 'संयूक्ता मेरो गर्लफ्रेण्ड'

Source: अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष १४, बुधवार


हाड विनाको जिब्रो कहिले काही त्यसै लटपटिन्छ, अनि लटपटिएपछी लुकाएका केही कुराहरू बाहिर आउनलाई न त्यो जिब्रोले रोक्छ न त जिब्रो लटपटिएको त्यो मनिसको मनले नै ।

बाठो जिब्रोको कारण बुधबार एक कार्यक्रममा यस्तै घटना घट्यो   चलचित्रकाठमाण्डूका निर्देशक,निर्माता तथा  नायक  आकाश अधिकारी थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीको बिचमा उपस्थित थिए । सायद उनले त्यो कुरालाई लुकाएर राखेका थिए होला त्यसैले लुकाएको कुरा कति दिन टिक्छ भन्ने उखान बुधबार आकाशको जीवनमा  यथार्थ भएर आयो र त्यो  गोप्यनयता सबैको सामु छताछुल्ल भयो ।

सायद सो कार्यक्रममा उनकी श्रीमती उपस्थित भै दिएको भए त्यहाँ निकै ठूलो झगडा नै हुन्थ्यो होला । झगडा पनि नहोस कसरी ? जव आफ्नो लोग्नेले अरू कुनै स्त्रीलाई  गर्लफ्रेण्ड भनेपछी चित्त त दुख्छ नै ।  धन्न केही दिन अघि उनकी श्रीमती आफ्नो माईती इटाली गएका कारण कार्यक्रममा उपस्थित हुन सकेकी थिईनन् र सो कुरा समान्य नै भयो ।

कुरा के हो भने चलचित्र काठमाण्डौको अडियो विमोचन समारोह कमल पोखरी स्थित कुमारी सिनेमा घरमा आयोजना गरिएको थियो । उदघोषकले क्रमश सोही चलचित्रकी अभिनेत्री संयूक्ता राणा  तथा अन्य चलचित्रकर्मीलाई अग्रपंक्तिमा आसन ग्रहण गर्न लगाए । कार्यक्रममा ती सवैले एक साथ अडियो  विमोचन पनि गरे । यसै क्रममा आकाशलाई उदघोषकले पोडियमा बोल्न लगाए । उनले उपस्थित सवै अतिथिलाई फटाफट धन्यवाद पनि दिए र अन्त्यमा अतिथि बनेकी आफ्नै चलचित्रकी अभिनेत्री संयुक्ता प्रति लक्षित गर्दै 'स्पेशल थ्याकंस फर माई गर्लफ्रेण्ड संयूक्ता' भन्दै धन्यवाद दिएका थिए । संयूक्तालाई गर्लफ्रेण्ड भन्ने वित्तिकै  आकाशले हातले टाउकोमा थप्पड हानेर सरि भन्दै हैन फिल्मकी गर्लफ्रेण्ड भनेको हो भनेर  फुत्किएको आफ्नो बोलीलाई सपारे । 

आकाशको मुखबाट गर्लफ्रेण्ड भन्ने शब्द निस्किए लगत्तै काठमाण्डू फिल्ममा यि दुई  साच्चिकै गर्लफ्रेण्ड छन् कि छैनन् भन्ने बारेमा फिल्मीखबरले अन दि स्पट अनुसन्धान सुरू गर्‍यो र निस्कर्ष निकाल्यो सो फिल्ममा आकाश र संयूक्ता देवर भाउजूको भूमिकामा देखिएका छन् । फिल्ममा  आकाशको गर्लफ्रेण्ड हलिउड नायिका रिया मार्फी हुन्छिन् र  रियासँग आकाशको प्रेम सम्बन्ध भएको हुन्छ । उता संयूक्ता अभिनेता अर्जुन श्रेष्ठको श्रीमतीको रूपमा देखा परेकी हुन्छिन्  । अर्जुन आकाशको दाई भएर फिल्ममा खेलेका छन् । यहिबाट यो पुष्टी हुन्छ कि संयूक्ता आकाशको भाउजू पर्छिन ।

तर्सथ आकाशले सच्याएको त्यो बोली जति घुमाए पनि कहि  मिल्दैन । फिल्ममा संयूक्ता आकाशको गर्लफ्रेण्ड भएर देखिएकी छैनन् । यर्सथ आकाशले किन संयूक्तालाई गर्लफ्रेण्ड  भने त ? अनि फिल्मलाई दोष दिदै किन कुरा बनाए त ?   प्रश्न गर्ने धेरै ठाँउहरू भेटिएका छन् । के  बास्तविक जीवनमा विवाहित आकाशको गर्लफ्रेण्ड संयूक्ता हुन् त ?  यहाँ उब्जिएका प्रश्नहरूको सम्भावित उत्तरको लागी तलको कमेन्ट बक्समा गएर तपाईले आफ्नो बिचार व्यक्त गर्नुहोला ।

No comments:

Post a Comment